कोभिडकाे कारण स्वास्थ्य मन्त्रालयले भिडभाड हुने क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोभिडकाे कारण स्वास्थ्य मन्त्रालयले भिडभाड हुने क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस

काठमाडौँ, २७ चैत । विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस,२५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सुझाव ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ ।

पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको हो ।

मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको हो । यसबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने बताइएको छ ।

पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । त्यसैले भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो । केही महिनादेखि विद्यार्थी भौतिक रुपमा उपस्थित भइ पठनपाठन सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);