निषेधाज्ञामा थप कडाई गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निषेधाज्ञामा थप कडाई गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं। काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई थप कडाइ गर्न स्वास्थ्य मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई पत्राचार गरेको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले सरकारले जारी गरेका मापदण्डलाई अझै कडाइ गर्न सीसीएमसीलाई आग्रह गरिएको बताएका छन् ।

संक्रमणको जोखिम कम गर्न उक्त ठाउँमा जारी आदेशलाई प्रभावकारी बनाउनुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको समेत गौतमले बताए। बुधबारसम्म मुलुकका ७२ जिल्लामा भाइरस रोकथामका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);