रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९ सय ७ नयाँ सक्रमित, १६ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९ सय ७ नयाँ सक्रमित, १६ को मृत्यु

शशि पन्थी,
भैरहवा
। रुपन्देही जिल्लामा कोरोना सक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने ९ सय ७ नयाँ कोरोना सक्रंमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा १ सय ९० महिला, २ सय ५ पुरुष सक्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा ४३ महिला र ५९ पुरुष सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।

त्यसैगरी तिलोत्तमा नगरपालिकामा ८९ महिला, ८५ पुरुष, सियारी गाउँपालिकामा २ महिला, ३ पुरुष थपिएका छन् भने देवदह नगरपालिकामा २९ महिला ५९ पुरुष, मर्चवारी गाउँपालिकामा १ महिला, गैँडहवा गाउँपालिकामा ४ महिला, ५ पुरुष, मायादेवी गाउँपालिकामा ५ महिला ४ पुरुष सक्रंमित भएका छन् ।

सैनामैना नगरपालिकामा १८ महिला ४१ पुरुष संक्रमित थपिएका छन् । ओमसतिया गाउँपालिकामा ५ महिला, ९ पुरुष संक्रमित थपिएका छन् भने, कञ्चन गाउँपालिकामा ४ महिला, ९ पुरुष सक्रमित भएका छन् । रोहिणी गाउँपालिकामा ११ महिला र १० जना पुरुष, लुम्बिनी साँस्कृतिक नगरपालिकामा १ पुरुष १ महिला, सुद्धोधन गाउँपालिकामा ३ महिला १० पुरुष, कोटहीमाई गाउँपालिकामा १ महिला र २ जना पुरुष नयाँ सक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

हाल सम्म रुपन्देही जिल्लामा २० हजार ३७ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये १२ हजार ७ सय २६ निको भएका छन् भने कुल मृत्यु हुनेको संख्या ३ सय ९ र सक्रिय सक्रमितको संख्या ७ हजार २ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);