रुपन्देहीमा ६ संक्रमितको मृत्यु, ४ सय ९४ नयाँ सक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रुपन्देहीमा ६ संक्रमितको मृत्यु, ४ सय ९४ नयाँ सक्रमित

शशि पन्थी,
भैरहवा, २ जेठ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ९४ जना नयाँ कोरोना सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा ७८ जना महिला, ८८ जना पुरुष सक्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा १५ जना महिला र २६ जना पुरुष नयाँ सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।

त्यसैगरि तिलोत्तमा नगरपालिकामा ३७ जना महिला, ४९ जना पुरुष, सियारी गाउँपालिकामा ४ महिला, २ पुरुष थपिएका छन् भने देवदह नगरपालिकामा १२ महिला ९ पुरुष, गैँडहवा गाउँपालिकामा २ जना महिला, १ जना पुरुष मायादेवी गाउँपालिकामा २ जना महिला र ३ जना पुरुष सक्रमित भएका छन् ।

सैनामैना नगरपालिकामा १२ महिला २० जना पुरुष संक्रमित थपिएका छन् । ओमसतिया गाउँपालिकामा ७ पुरुष सक्रमित थपिएका छन् भने, कञ्चन गाउँपालिकामा ६ महिला, ६ पुरुष सक्रमित भएका छन् । रोहिणी गाउँपालिकामा ४ जना महिला ४ जना पुरुष, लुम्बिनी साँस्कृतिक नगरपालिकामा १ जना महिला ३ जना पुरुष, सुद्धोधन गाउँपालिकामा १ जना महिला, कोटहीमाई गाउँपालिकामा २ जना पुरुष सक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

हाल सम्म रुपन्देही जिल्लामा १५ हजार १ सय ५४ जना निको भएका छन् भने कुल मृत्यु हुनेको संख्या ३ सय ५१ जना र सक्रिय सक्रमितको संख्या ६ हजार ९ सय १४ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);