पर्सामा निषेधाज्ञा जेठ ६ सम्म लम्ब्याउन सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्सामा निषेधाज्ञा जेठ ६ सम्म लम्ब्याउन सिफारिस

नितेश कर्ण,
पर्सा । जिल्ला कोभिड संकट व्यवस्थापन समिति डीसीसीएमसीले पर्सामा जारी निषेधाज्ञालाई आगामी जेठ ६ गतेसम्म बढाउन सिफारिस गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतमा बुधबार बसेको बैठकले यस्तो सिफारिस गरेको हो । बैठकले जिल्लामा कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड–१९ को संक्रमणको श्रृङ्खला तोड्न उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई आगामी जेठ ६ गते राती १२ः०० बजेसम्म थप गर्न उपयुक्त हुँदा सो को लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै, डीसीसीएमसीको बैठकले बीरगञ्ज भन्सार कार्यालयको स्वामित्वमा रहेको भन्सार गोदाम पश्चिमको करिब २.५ (अढाई) बिगहा सरकारी जग्गामा नेपाल भित्रिनेहरुको लागि होल्डिङ्ग सेन्टर बनाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार बीरगञ्ज स्थल सीमा नाका हुँदै भारतबाट आउने नेपाली नागरिकको स्वास्थ्य चेकजाँच लगायत कार्यको लागि करिब एक हजार क्षमताको होल्डिङ्ग सेन्टर बनाउन गृह मन्त्रालयमा सिफारिस गरी पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे बताए ।

त्यसैगरी, बैठकले नारायणी अस्पतालमा कोभिड–१९ को पीसीआर परीक्षणको कार्य ३ सिफ्टमा २४ सैं घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसको लागि मेडिकल, माईक्रोबायोलोजिष्ट र ल्याब टेक्नोलोजिष्ट गरी ३ जना जनशक्ति थप्ने निर्णय पनि भएको छ । तीन जना जनशक्तिलाई बढीमा ३ महिनाको लागि नारायणी अस्पतालले करारमा राख्ने व्यवस्था मिलाउने र निजहरुको पारिश्रमिक डीसीसीएमसी मार्फत उपलब्ध गराउने निर्णय भएको प्रजिअ घिमिरेले बताए ।

यसैगरी, संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी मुस्लिम धर्मावलम्बीहरुलाई ईद पर्व मनाउन आग्रह गरेको छ । बैठकले सबै मुस्लिम धमार्ववलम्बीहरुलाई मस्जिद, बजार जस्ता ठाउँमा भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै आ–आफ्नो घरमा चाडपर्व पूर्ण सजगताका साथ मनाउन अनुरोध गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);