ओमिक्रोन फैलिन नदिन कैलालीमा फेरी कडाइ | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

ओमिक्रोन फैलिन नदिन कैलालीमा फेरी कडाइ

धनगढी । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण पुष्टि भएसँगै कैलालीमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ ।

कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले विभिन्न चार वटा आचारसंहिता जारी गर्दै कडाइ गर्न थालेको हो ।

डीसीएमसीको बिहीबार सम्पन्न बैठकले भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गरेको छ । प्रशासनले धार्मिक, साँस्कृतिक महत्वका स्थानमा नित्य पूजापाठ, आराधना बाहेक भेला र उत्सव गर्दा भिड नगर्न आग्रह गरेको छ । अतिआवश्यक काम गर्नुपर्ने भएमा जनस्वास्थ्य कार्यालयसँग समन्वय गर्न आग्रह गरेको छ ।

साथै, रोगबाट बच्न तथा जोखिम न्यूनिकरण गर्न सबैलाई खोप लगाउन समेत प्रशासनले आग्रह गरेको छ । प्रशासनले त्रिनगर र खक्रौला नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई थप व्यवस्थित गर्दै आवागमनमा कडाइ गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);