निषेधाज्ञा पूर्ण पालना गर्न गृहमन्त्रालयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निषेधाज्ञा पूर्ण पालना गर्न गृहमन्त्रालयको आग्रह

काठमाडौं। गृह मन्त्रालयले सरकारले गरेको निषेधाज्ञाको पूर्ण पालना गर्न सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधाज्ञा जारी भएका जिल्लामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै निषेधाज्ञा पालना गर्न सवैमा सूचित गराएको हो।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दे कोभिड–१९ को दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिरहेकाले अवस्थामा सरकारलाई थप सहयोग गर्न आम नागरिक बर्गहरुमा ध्यानकर्षण गराएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सरकारद्वारा जारी निर्देशन, स्वास्थ्य सुरक्षा मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी भएका निषेधको आदेश पूर्ण रुपमा पालना गरी संक्रमण फैलिन नदिन सवै नागरिकलाई सरकारको तर्फबाट आग्रह गरेका छन।

कोभिड–१९ संक्रमण बढेकाले मुलुकका विभिन्न जिल्लामा बिहीबारदेखि एक साताका लागि निषेधको आदेश जारी गरिएको छ।मुलुकमा आज झण्डै ५ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये करीब आधा काठमाडौँ उपत्यकामा देखिन थालेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);