संघीय संसद्को दोस्रो अधिवेशन आज सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

संघीय संसद्को दोस्रो अधिवेशन आज सुरु हुँदै

samsadh office

काठमाडौं, २३ बैशाख । संघीय संसद्को दोस्रो अधिवेशन आज सुरु हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आव्हान गरेअनुसार संघीय संसद्को दोस्रो अधिवेशन आज सुरु हुने भएको हो । संघीय संसद् अन्र्तगत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अपरान्ह ४ बजे बोलाइएको छ । दुवै संसद्का बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र अधिवेशनअघि जारी भएका चारवटा अध्यादेश प्रस्तुत हुने कार्यसूची छ ।

सचिवालयले वैशाख २६ देखि २८ गतेसम्म प्रि–बजेट छलफल गराउने तयारी गरेको छ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेका कारण त्यसअघि प्री बजेट छलफलको कार्यसूचि तय गरिएको हो । जेठको पहिलो साता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची संसद् सचिवालयले तय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);