आजबाट संसद्को अधिवेशन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आजबाट संसद्को अधिवेशन सुरु

sanghiya samsadh

काठमाडौं, १६ बैशाख । संघीय संसद्को वर्षे अधिवेशन सोमबार (आज) बाट सुरु हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेसँगै बजेट (वर्षे) अधिवेशन सुरु हुन लागेको हो । अधिवेशनअन्तर्गत पहिलो बैठक सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार यस अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, छलफल तथा पारित हुनेछ । नेपालको संविधानमा जेठ १५ गतेभित्रै संसदमा बजेट पेस गरिसक्नुपर्छ ।

त्यसअघि आगामी बैसाख २० गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । यस अलावा बजेट अधिवेशनका लागि प्रतिनिधिसभामा २७ र राष्ट्रियसभामा ८ विधेयक प्रस्तुत गर्ने तयारी भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);