आ.व. २०८१/८२ को लागि विनियोजन विधेयकमा छलफल कहिलेदेखि ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

काठमाडौं,१४ फागुन । आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा फागुन २१ गतेदेखि छलफल प्रारम्भ हुने भएको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेश गर्नुभएको थियो ।

लगत्तै सभामुख देवराज घिमिरेले फागुन २१ गतेदेखि आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी दिन तोकिएको जानकारी दिनुभयो । छलफल फागुन २१, २२, २३, ३० गते, चैत्र १, २ र ४ गते हुने उहाँले बताउनु भयो । उहाँले छलफलमा दलिय प्रतिनिधित्वको आधारमा भाग लिन सम्बन्धित दलका पदाधिकारीले आफ्ना सांसदहरुको नाम बैठक बस्नु भन्दा एक घण्टा अगाडी नै टिपाउन अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेक माथिको छलफलका लागि यही २०८० साल फागुन २१, २२, २३, ३० र चैत्र १, २ र ४ गतेका दिनहरु तोकिएको व्यहोरा जानकारी गराउँछु । साथै उक्त छलफलमा दलिय प्रतिनिधित्वको आधारमा भाग लिन सम्बन्धित संसदीय दलका पदाधिकारीहरुले आ–आफ्ना दलका माननीय सदस्यहरुको नाम बैठक बस्नुभन्दा एक घण्टा अगावै कार्य व्यवस्था शाखा, प्रतिनिधि सभा संघीय संसद सचिवालय नयाँ बानेश्वरमा उपलब्ध गराइदिनु हुन अनुरोध छ ।’

उहाँले छलफलका क्रममा सांसदहरले उठाएका विषयवस्तुको टिपोटका लागि अर्थ मन्त्रालय र संघीय संसद सचिवालयलाई निर्देशन दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);