भृकुटीमण्डपमा राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भृकुटीमण्डपमा राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी हुँदै

‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६’

काठमाडौं, २० जेठ । यही जेठ २२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६’ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रर्दशनी जेठ २२ गतेदेखि आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

यस अघि महासंघले सो प्रदर्शनी बैशाख २६ गतेदेखि ३० गतेसम्म गर्ने घोषणा गरेको थियो । तर समय अभावमा कारण त्यतिखेर आयोजना गर्न नसकिएको सो प्रदर्शनी आगामी बुधबारबाट सुरु हुने महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिनु भयो ।

नेपालको घरेलु तथा साना उद्योगहरुको उत्पादन अन्तराष्ट्रिय बजारमा समेत प्रवर्द्धन गर्ने उद्देश्यका साथ सो प्रदर्शनी आयोजना गरिएको हो । पाँच दिनसम्म चल्ने प्रदर्शनीमा ७७ वटै जिल्लाका घरेलु उत्पादनहरुको करिव २ सय वटा स्टलहरु रहनेछन । प्रदर्शनीमा १ लाख ५० हजारभन्दा बढिले अवलोकन गर्ने तथा ५ करोड बढि आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);