भृकुटीमण्डपमा ३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

भृकुटीमण्डपमा ३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी

३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी

काठमाडौं, २२ जेठ । काठमाडौंको भृकुटीमण्डपमा ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ सुरु भएको छ । स्वदेशी बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सो प्रदर्शनीको बुधबार एक कार्यक्रमकाबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गर्नु भएको हो ।

उद्योग विभाग तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले नेपाली बस्तुहरु राम्रो रहेको उल्लेख गर्दै यसको ब्राण्ड बनाउन लागि पर्न सबै उद्योगीहरुलाई आह्वान गर्नु भयो । नेपाली बस्तु राम्रो रहेको र यसको ब्रान्ड बनाउन आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले स्वदेशी बस्तुको उत्पादन बढाउन आवश्यक बजेट, नीति तथा कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले नेपाली बस्तुको निर्यात बढाउने गरी आगामी आर्थिक वर्षको बजेटमा भन्सार दरमा समायोजन तथा बैंकबाट सरल व्याजमा कर्जा प्रवाहको व्यवस्था मिलाइएको पनि बताउनु भयो ।

५ दिनसम्म चल्ने प्रदर्शनीमा ७७ वटै जिल्लाका घरेलु उत्पादनहरुको करिव २ सय वटा स्टलहरु राखिएका छन । प्रदर्शनीको १ लाख ५० हजारभन्दा बढिले अवलोकन गर्ने तथा ५ करोड बढि आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

ताजा समाचार