२८ औँ राष्ट्रिय औद्योगिक वस्तु प्रर्दशनी फाल्गुन १२ गतेबाट राजधानीमा हुने | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०७९, मंगलबार

२८ औँ राष्ट्रिय औद्योगिक वस्तु प्रर्दशनी फाल्गुन १२ गतेबाट राजधानीमा हुने

१० फाल्गुन, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २८ औँ राष्ट्रिय औद्योगिक वस्तु प्रर्दशनी हुने भएको छ ।

२८ औँ राष्ट्रिय औद्योगिक वस्तु प्रर्दशनी फाल्गुन १२ गतेबाट राजधानीमा हुने

१० फाल्गुन, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २८ औँ राष्ट्रिय औद्योगिक वस्तु प्रर्दशनी हुने भएको छ ।

राजधानिमा मङगलबार आयोजित पत्रकार सम्मेलनमा प्रर्दशनीबारे जानकारी दिइएको हो । फाल्गुन १२ गते देखि १७ गतेसम्म भृकुटीमण्डपमा प्रर्दशनी गरिने भएको छ । घरेलु तथा साना उद्योग समितिका कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले उक्त प्रदर्शनीबारे औपचारिक जानकारी दिनुभयो ।

मेड ईन नेपाल गौरव गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं भन्ने मूल नाराका साथ सुरु हुने प्रदर्शनीमा ७५ वटै जिल्लाका लघु, घरेलु तथा साना उद्यमीहरुको सहभागिता रहने छ ।

लघु, घरेलु तथा साना उद्यमीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन साथै उद्यमीहरुबाट उत्पादित वस्तुहरुको बजार विस्तार तथा प्रवद्र्धन गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

Leave a Reply