बंगुरपालन व्यवसायमा आकर्षित बन्दै बाजुराका युवाहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बंगुरपालन व्यवसायमा आकर्षित बन्दै बाजुराका युवाहरु

मदन वि.क.
१२ फागुन, बाजुरा ।
बाजुरा जिल्लाका अधिकाँश युवाहरु पछिल्लो समयमा पढाई छाडेर ज्याला मजदुरी गर्न छिमेकी राष्ट्र भारत र अन्य विदेशी मुलुकमा रोजगारी खोज्न जाने गरेका भेटिन्छन् । यस क्षेत्रका युवाहरु अहिले पढाई सकेर जिल्लामा नै रोजगारी पाउन नसकेपछि नोकरी खोज्न जिल्ला बाहिर जानु पर्ने बाध्यता नै हुने गरेको छ ।

बंगुरपालन व्यवसायमा आकर्षित बन्दै बाजुराका युवाहरु

मदन वि.क.
१२ फागुन, बाजुरा ।
बाजुरा जिल्लाका अधिकाँश युवाहरु पछिल्लो समयमा पढाई छाडेर ज्याला मजदुरी गर्न छिमेकी राष्ट्र भारत र अन्य विदेशी मुलुकमा रोजगारी खोज्न जाने गरेका भेटिन्छन् । यस क्षेत्रका युवाहरु अहिले पढाई सकेर जिल्लामा नै रोजगारी पाउन नसकेपछि नोकरी खोज्न जिल्ला बाहिर जानु पर्ने बाध्यता नै हुने गरेको छ ।

तर अर्काको देश विदेशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा केही लगानी गरेर केही गर्न सकिन्छ भनेर केही युवाहरु भने स्वदेशमै व्यवसाय मनग्य आम्दानी गर्न सफल बनेका छन् । तर बाजुराका कतिपय युवाहरु बैदेशिक रोजगारका क्रममा खाडीमा रगत र पसिना बगाईरहेका छन् । स्वदेशमा सानो दुखले पनि परिवारका साथ धेरै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण कोल्टी गाविस वडा न ं४ सिराडिका २६ वर्षिय युवा शंकर चँदाराले दिएका छन् ।    

चँदारा दुर्गम गाँउको एक सामान्य दलित परिवारमा जन्मेका एक युवा हुन् । चँदाराले ४ महिना अघि बाजुराको सदरमुकाम मार्तडीमा आएर ललित बंगुरपालन फार्म संचालन गरेका थिए । फर्म अहिले सदरमुकामकै जिउला भन्ने ठाँउमा फर्म संचालन गर्दै आएका छन । पछिल्लो समयमा बंगुरको मासु सदरमुकाममा अत्याधिक मात्रामा विक्रि हुने भएपछि बंगुर पालन व्यवसायनै रोजेको बताउनु भयो ।

उनले साढे ४ लाख बढी रकम वंगुर पालन व्यवसाय गर्न खर्च गरेका थिए । उनले सुरुमा फर्म संचालन गर्दा ४ वटा बंगुर पालेर व्यवसायको सूरुवात गरेका थिए । अहिले चँदाराको फार्ममा ठुला साना गरी ३६ वटा बंगुर पालेका छन् । उनले केही गर्न केही गुमाउनु पर्छ भन्ने उनको मनमा धारणा उव्जेको थियो । उनले पढाई र राजनिति संगै व्यवसायमा पनि उत्तिकै मेहनती बन्दै गएका छन् । चँदारा भन्छन् आफुले गरेको व्यवसायबाट अन्य युवाले पनि स्वदेशमै बसेर केही गर्न सकुन भन्ने मान्यता राख्दै आएका छन् ।

विदेशमा भन्दा स्वदेशमै लगानी गरेर मनग्य आम्दानी गर्न सकिने सम्भावना बोकेर चँदाराले बंगुरपालन फर्म खोलेको बताउनु भयो । अहिले उनको फार्मबाट हप्तामा १ वटा बंगुर विक्रि गर्ने गरेका छन् । चँदारले अहिले महिनामा ४० हजार बढी रकम बंगुरको मासु विक्रि र बंगुरको एउटा पाठालाई पाँचहजारमा विक्रि गरेरै आम्दानी गर्ने गरेको बताउनु भयो । चँदाराको यस व्यवसायबाट ३ तिन जना युवालाई रोजगार दिन सफल भएका छन् । यही व्यवसाय बाटै उनको १८ जनाको परिवारको गुजरा सहजै चलाउन सकेका छन् ।  

तर उनी भन्छन पछिल्लो समयमा सरकारी तथा गैर सरकारी निकायमा विभिन्न व्यवसायका लागि तालिमहरु दिने गरेका छन् । तर आफ्नो यस व्यवसायका लागि कुनै पनि किसिमको तालिम नपाएको गुनासो गरेका छन् । थोरै समयमा धेरै मनग्य आम्दानी हुने गरेका कारण पनि यस क्षेत्रका कतिपय युवाहरु बंगुरपालन लगायत अन्य व्यवसायमा दिनप्रतिदिन आर्कषित हुँदै गएका देखिन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);