बाजुराका युवा कृषि पेशामा आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाजुराका युवा कृषि पेशामा आकर्षित

krishi

मदन विक
बाजुरा, २० बैशाख
। सरकारले कृषि उत्पादन बढाउन विभिन्न योजनाहरु ल्याउने गरेको छ । तर पनि कृषि क्षेत्रबाट मुलुकले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । सरकारी कार्यक्रम खासै प्रभावकारी हुन नसकेपनि कतिपय जिल्लाका युवा र स्थानीयबासी आफ्नै पहलमा उत्पादनशील क्षेत्रमार्फत मनग्यै आम्दानी गरिरहेका छन् ।

बाजुरा बडीमालिका ९ का ४० वर्षीय टेक बडुवाल चार महिनासम्म स्थानीय राजनीतिमा मात्रै व्यस्त थिए । कहिले सदरमुकाम त कहिले राजधानी । उनको दैनिकी यता र उती दगुर्दै बित्ने गरेको थियो । जीवनको दश वर्षभन्दा बढीको ऊर्जाशील समय राजनीति गरेर बिताउँदा पनि जीवन जिउने गतिलो आधार नभेटेपछि उनि राजनीति छाडेर चार महिनाअघि गाइ पालनमा लागे । चितवनबाट किनेर ल्याएको दुई वटा उन्नत जातका गाई पाल्न थालेका उनले अहिले गाइको दूध बेचेर मासिक ३० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् ।

२ वटा गाईले १ दिनमा २ पटक गरेर २८ लिटर दुध दिने गरेका छन् । बजार नजिकै भएकाले उनलाई विक्रीका लागि पनि समस्या छैन । गाईपालन सुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । राजनीति गरेर भाषणबाजी र झोला बोकेर दौडिनुभन्दा आफ्नै पेशा गरेर खानुमा छुट्टै आनन्द प्राप्त गरेको उनि बताउँछन् ।

बाजुराका अन्य विभिन्न ठाउँमा पनि युवाहरु उद्यमशीलतामा लाग्ने क्रम बढेको छ । पशु सेवा कार्यालय बाजुराले जिल्लामा व्यवसायीक रुपमै लाग्ने विभिन्न व्यवसायीलाई विभिन्न सहयोग गर्दै आएको छ ।

पैसा कमाउन विदेशिनुपर्छ वा जागिर खानुपर्ने भन्ने मानसिकताका कारण अहिलेसम्म कृषि क्षेत्रले व्यवसायिक बन्न सकेको छैन । तर, पछिल्लो समय यो मान्यता हट्दै गएको र खासगरी युवाहरु कृषि पेशामा आकर्षित हुन थालेको सरकारी अधिकारीहरुको भनाइ छ । यता, विकासविद्हरु भने सरकारले युवालाई आकर्षित गर्न अझै प्रभावकारी कार्यक्रमहरु ल्याउन नसकेको बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);