स्वदेशमै कृषिकर्मबाट वार्षिक पाँच लाख आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

डडेल्धुरा, १४ भदौ । अधिकांश युवा गाउँमा रोजगारीका अवसर नभएको भन्दै बिदेशिने गरेका छन् । तर, स्वदेशमै केही गर्नुपर्छ भनेर लागि पर्ने युवा स्वरोजगारबाटै मनग्य आम्दानी गरिरहेका छन् । विदेशको मोह त्यागेर व्यावसायिक कृषिकर्म गरेका युवाको कमाइ विदेश जानेहरुको भन्दा लोभलाग्दो छ ।

 

डडेल्धुराको अमरगढी नगरपालिका–३ का महेशराज बोहरा, कृषि व्यवसायमा लागेको चार वर्ष हुँदै छ । पाँच वर्षअघि विदेश जान काठमाडौंका धेरै म्यानपावर धाए पनि चित्तबुझ्दो काम नपाउने संकेत पाएपछि हैरान भएर डडेल्धुरा फर्किएका बोहरा अहिले कृषिकर्मबाटै मनग्य आम्दानी गरिरहेका छन् । तीन रोपनीमा माछापालन, कुखुरापालन र तरकारीखेती आएका बोहरा वार्षिक पाँच लाखसम्म आम्दानी गर्छन् ।

 

तरकारी र कुखुरा बिक्री गर्न बजार धाउनु परे पनि माछा बिक्री किन्न व्यापारी र सर्वसाधारण घरै आइपुग्छन् । अहिले उनले गाउँका केही युवालाई रोजगारी पनि दिएका छन् ।

 

कृषक बोहरालाई जिल्ला कृषि विकास कार्यालय डडेल्धुरा प्राविधिक सहयोग गरेको छ भने कृषि विकास बैंकले सुलभ ब्याजमा ऋण उपलब्ध गराएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कृषि उत्पादनतर्फ स्थानीय युवा उत्साहित देखिएका छन् तर माछापालन लगायतमा डडेल्धुरा जिल्ला सरकारको प्राथमिकतामा नपर्दा समस्या भएको कार्यालयले जनाएको छ ।

 

कृषि कार्यालयको सक्रियता बढ्दै जाँदा थप युवा व्यावसायिक कृषितर्फ आकर्षित हुनु स्वाभाविक हो । कृषि उत्पादन प्रवद्र्धनसँगै बजारीकरणतर्फ पनि कृषि कार्यालयले ध्यान दिने हो भने दीर्घकालमा डडेल्धुरा जिल्ला कृषि उत्पादनका लागि उर्वर जिल्ला बन्न सक्नेछ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);