१० दिन भित्र बक्यौता विद्युत महशुल नतिर्नेलाई कारवाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१० दिन भित्र बक्यौता विद्युत महशुल नतिर्नेलाई कारवाही

काठमाडौ, १४ भदौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत बक्यौता महशुल नतिर्ने जो कोहीलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री शाहीले १० दिन भित्र बक्यौता विद्युत महशुल नतिर्नेहरुको विद्युत सेवा बन्द गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

 

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले बक्यौता विद्युत महशुल नतिर्नेहरुले कर्मचारीलाई अटेर गरे आफै विद्युत सेवा बन्द गर्न फिल्डमा जाने घोषणा गरे ।

 

उर्जा मन्त्रालयले बक्यौता रकम नतिर्नेहरुको सेवा बन्द गर्ने निर्णय यस अघि नै गरिसकेको छ । मन्त्री शाहीले आफू बक्यौता विद्युत महशुल असुल गर्न लागि परेको बताए ।

 

मन्त्री शाहीले सरकारले विद्युत प्रशारण लाईनको क्षमता वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता दिएको बताए । विद्युत प्रशारण लाईनको क्षमता कमजोर भएकै कारण कतिपय ठाउँमा मानवीय क्षति हुने गरेको उल्लेख गर्दै त्यसको क्षमता वृद्धि गर्ने काममा सरकार केन्द्रित भएको उनले बताए ।

 

सरकारले विद्युत प्रशारण लाईन विस्तारको कामलाई पनि उत्तिकै जोड दिएको मन्त्री शाहीले जानकारी दिए । मन्त्री शाहीले विद्युत चुहावट नियन्त्रण गर्न आफूले सक्दो प्रयास गरिरहेको जनाए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);