डेडिकेटेड लाईनको विद्युत महशुल असुल गर्न प्राधिकरणले गरेको पत्राचारप्रति आपत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

डेडिकेटेड लाईनको विद्युत महशुल असुल गर्न प्राधिकरणले गरेको पत्राचारप्रति आपत्ति

bhawani rana

काठमाडौं, २४ बैशाख । निजी क्षेत्रले डेडिकेटेड लाईन लिएवापतको विद्युत महशुल असुल गर्न नेपाल विद्युत प्राधिकरणले गरेको पत्राचारप्रति आपत्ति जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी लोडसेडिङको बेला दिइएको डेडिकेटेड लाईनको विद्युत महशुल पनि असुल गर्न नेपाल विद्युत प्राधिकरणले हालै गरेको पत्राचारप्रति आपत्ति जनाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले लोडसेडिङको बेला लिइएको ट्रंक तथा डेडिकेटेड लाईनको विद्युत महशुल पनि असुल गर्ने सरकारको पत्राचार सबै उद्योगहरुलाई धराशायी बनाउने गरी आएकाले त्यसप्रति आपत्ति जनाउनु परेको बताउनुभयो ।

अध्यक्ष राणाले प्राधिकरणले सो पत्राचार फिर्ता नलिए सबै उद्योग बन्द हुने चेतावनी दिनु भयो ।कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले विद्युत महशुल विनियमावलीमा भएको व्यवस्था विपरित नेपाल विद्युत प्राधिकरणले पत्राचार गरेकाले उक्त महशुल नतिर्ने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा सहभागी अन्य उद्योगी ब्यवसायीले पनि मुलुकमा व्यापार घाटा बढिरहेका बेला सरकारले स्वदेशी उद्योगनै बन्द हुने गरी महशुल असुल गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);