धरान उपमहानगरपालिका प्रविधिमैत्री बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

धरान उपमहानगरपालिका प्रविधिमैत्री बन्दै

bidhutiya pranali

अजितकुमार झा
सुनसरी, २० बैशाख । सुनसरीको धरान उपमहानगरपालिकाले प्रविधिमैत्री स्थानीय शासन स्थापित गर्न विद्युतीय लेखा प्रणाली लागू गरेको छ । वडा स्तरमै विद्युतीय प्रणाली लागु भएपछि नागरिक र कर्मचारीबीच पारदर्शीता कायम रहने विश्वास गरिएको छ ।

सुनसरीको धरान उपमहानगरपालिकाले स्थानीय सरकार संचालनका लागि वडा स्तरमा बाँडिएका अधिकार कार्यान्यवन गर्दै विभिन्न शीर्षकका कर तथा राजस्वहरु वडाबाटै संकलन गर्न थालेको हो । वडास्तरमा संकलन गर्ने राजस्वलाई पारदर्शी बनाउन उपमहानगरपालिकाले दुई वडाबाट विद्युतीय लेखा प्रणाली लागू गरेको छ ।

वडा नम्बर ४ र १७ बाट शुरु भएको प्रणालीबाट विविध शीर्षकमा पर्ने कर संकलन गरिनेछ । प्रणालीबाट वडामा भएका आर्थिक गतिबिधीहरु धरान उपमहानगरपालिकाको कार्यालयबाट हेर्न र नियमन गर्न सकिने भएकाले सेवाग्राहीको समयको बचत पनि हुने उपमहानगरको विश्वास छ ।

धरानको दुईवटा वडाबाट सुरु भएको यो प्रणाली आगामी साउनदेखि २० वटै वडा कार्यालयमा सुरु गर्ने उपमहानगरको योजना छ । प्रत्येक वडामा भएका कारोबारहरु सिधै धरान उपमहानगरपालिकाको राजस्व तथा आर्थिक महाशाखाले हेर्न सक्ने भएकाले लेखा प्रणालीमा सहजता आउनुका साथै कम्प्युटरबाट बिलिङ हुँदा पारदर्शी हुने ठानिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);