काटिएको टेलिफोन लाइन नजोडिएपछि जनकपुरबासी आक्रोशित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काटिएको टेलिफोन लाइन नजोडिएपछि जनकपुरबासी आक्रोशित

telecom dhanusa

धनुषा, २० बैशाख । सडक विस्तारका क्रममा काटिएको टेलिफोन लाइन चार महिनासम्म नजोडिएपछि जनकपुरबासी आक्रोशित बनेका छन् । लामो समयसम्म लाइन नजोडिएपछि उनीहरुले आफूहरुलाई नेपाल टेलिकमको टेलिफोन नै नचाहिने भन्दै तार हटाउन मागसमेत गर्न थालेका छन् ।

चार महिनाअघि काटिएका टेलिफोन लाइनसम्बन्धमा लिखित प्रक्रिया पूरा गर्दासमेत नजोडिएको उनीहरुको गुनासो छ । यता, नेपाल टेलिकम जनकपुर शाखाका प्रमुख राजेश साहले सडक विस्तारको कारणले लाइन काटिएकाले केही दिनभित्रै जोडिने बताए ।

सडक विस्तारको नाममा लामो समयसम्म टेलिफोन अबरुद्ध हुँदा सञ्चार सेवाबाट आफूहरु बञ्चित बनेको स्थानीयको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);