काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणाली मार्फत राजस्व संकलन गर्न सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणाली मार्फत राजस्व संकलन गर्न सुरु

काठमाडौं, १ असोज । काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणाली मार्फत राजस्व निर्धारण तथा संकलन गर्न थालेको छ । महानगरपालिकाले बिहीबारदेखि १० वटा वडाहरुबाट विद्युतीय प्रणाली मार्फत सेवा सुरु गरेको हो । महानगरपालिकाको सातौँ नगरसभाको निर्णय अनुसार विभिन्न बिहिबारदेखि १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत एकनारायण अर्यालले जानकारी दिनुभयो ।

सेवाग्राहीहरुले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो महानगरलाई आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको उहाँले बताउनुभयो । वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले संघीय राजधानीमा रहेको स्थानीय तहले सुरु गरेको रचनात्मक कामले देशभरीका स्थानीय तहलाई सेवा सुरु गर्न सहज हुने बताउनुभयो ।

अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक राजस्व संकलनको विवरण पारदर्शी हुने तथा कर उठाउन बाँकी तथ्याङ्कका लागि सहज हुने विश्वास महानगरपालिकाले लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);