काठमाडौं महानगर र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

काठमाडौं महानगर र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता

काठमाडौं, २८ असोज । विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकासकोष बीच सम्झौता भएको छ । पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाहगृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो । महानगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी शवदाहगृह निर्माण हुने छ ।

महामारी, प्राकृतिक प्रकोपमा देखापर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै शवदाहगृह निर्माणको सम्झौता गरिएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताउनुभयो । अहिले दैनिक ३५ देखि ४५ वटा शवदाहन हुने गरेकोमा २० वटा शव विद्युतीय गृहमा दाह गर्ने गरिएको छ । लाइन बसेर शव जलाउनुपर्ने अवस्था र बढ्दो मागलाई मध्यनजर गर्दै थप ८ वटा गृह निर्माण गरिने उहाँले बताउनुभयो ।

महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले वार्षिक बजेट मार्फत तीन वटा गृह निर्माण गर्ने गरी १५ करोड रुपैयाँ विनियोजन गरेको अवस्थामा कोषले थप गृह निर्माणका लागि आग्रह गरेको बताउनुभयो । अहिले निर्माण कार्य अगाडी बढेका सबै शवदाह निर्माणको आर्थिक जिम्मेवारी महानगरपालिकाले लिने उहाँले बताउनुभयो ।शवदाह निर्माण र सञ्चालनका लागि भएको सम्झौतापत्रमा महानगपालिका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य र कोषका तर्फबाट सदस्य सचिव डा. प्रदीप ढकालले हस्ताक्षर गर्नुभएको छ ।

महानगरपालिकाले निर्मा०ाका लागि तीन किस्त र मेशिन खरिदका लागि एकमुष्ट रुपमा रकम उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । पहिलो किस्तामा सम्झौता भएको रकमको ३० प्रतिशत, दोस्रो किस्तामा ३० र अन्तिम किस्तामा बाँकी रकम भुक्तनी गर्नेछ ।

यस्तै वेवारिसे, अति विपन्न वा अन्य कारणले गर्दा शवदाह गर्न तिर्नुपर्ने शुल्क तिर्न नसक्ने अवस्थामा काठमाडौंमहानगरपालिका र वडा कार्यालयहरुबाट सिफारिस भएमा निःशुल्क शवदाहको प्रवन्ध मिलाउनुपर्ने, अनुदानको रकम अन्य ठाउँमा प्रयोग गर्न नपाइने र रकम भुक्तानी गर्दा शहरी पूर्वाधार विकास कोषको सिफारिसमा मात्रै भौतिक प्रगतिका आधारमा उपलब्ध गराउने समझदारी भएको छ ।

सम्झौता र स्वीकृत भएको नक्सा डिजाइन अनुसार काम भए÷नभएको अनुगमन गर्न शरही विकास पूर्वाधार विभागको विभागिय प्रमुखको संयोजन रहने गरी २ सदस्यीय समिति पनि गठन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);