विद्युतीय शवदाह गृहमा शवको चाप | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

विद्युतीय शवदाह गृहमा शवको चाप

death body

काठमाडौँ, १० फागुन । पशुपति क्षेत्र विकास कोषमा रहेको विद्युतीय शवदाह गृहमा शवको चाप अत्याधिक बढेको छ । चाप बढेपछि भ्याईनभ्याई भएको छ । शवदाह गृहमा उपलब्ध मेसिनरी सामानको अभावका कारण त्यहाँ आएका सबै शव विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न सकिएको छैन ।

शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापाको शव धेरै आउने भएकाले समस्या परेको बताए । उनले दैनिक सरदर २५ देखि ३० शव आउने बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ।

अधिकृत थापाले नेपाल भने, ‘एउटा मात्र शवदाह गृहमा भएको मेसिनले भार थेग्न नसक्ने भएकाले शव आर्यघाटमा फर्काउन बाध्य छौँ ।’

पशुपति आर्यघाटमा दाहसंस्कार दुई प्रकार गर्ने गरिएको छ । एउटा विद्युतीय प्रक्रिया हो भने अर्को पुरानै प्रचलनअनुसार केही दाउराको प्रयोग गरेर दाहसंस्कार गर्ने गरिएको छ ।