वरिष्ठ कलाकार सुभद्रा अधिकारीको बिद्युतीय शवदाह गृहमा अन्त्यष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको बिद्युतीय शवदाह गृहमा अन्त्यष्टि

काठमाडौं, ३२ साउन । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको पशुपति स्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिएको छ । अधिकारीको डल्लुस्थित आफ्नै निवासमा शनिबार विहान निधन भएको हो । उहाँ लामो समय देखि दम रोगले पीडित हुनुहुन्थ्यो । काठमाडौँको असनमा २००३ सालामा जन्मनु भएकी अधिकारी नेपाली रजतपट र नाटक क्षेत्र सम्मानित कलाकार हुनुहुन्छ ।

स्व अधिकारीले दर्जनौं नाटक, चलचित्र तथा टेलिसिरीयलमा अभिनय गर्नु भएको छ । आफ्नो कुशल अभिनय क्षमताका कारण दर्शकमाझ लोकप्रिय हुनुहुन्छ । स्व अधिकारीले ‘कची मचा’ भन्ने नाटकबाट आफ्नो अभिनय सुरु गर्नु भएको थियो।

यसपछि ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा अभिनय गर्नु भयो। पहिलो फिल्म मनको बाँधबाट नेपाली फिल्ममा प्रवेश गर्नु भएकी स्व अधिकरिले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा अभिनय गर्नु भएको छ । स्व अधिकारीको १ छोरा र १ छोरी हुनुहुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);