माछापालनवाट मासिक लाखौ आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माछापालनवाट मासिक लाखौ आम्दानी

पुष्कर भट्ट
१६ फागुन, कञ्चनपुर ।
नेपाल कृषि प्रधान देश भए पनि लाखौ नेपाली युवाहरु रोजगारीका लागी बाह्य देश धाउने गरेका छन । तर आफनै देशमा त्यस्तो मेहनत पसिना बगाउने हो भने बिदेश जानु नै पर्दैन । तर कृषिमा नलागी बिदेशको मरुभुमीमा तड्पिएको कैयौ उदाहरण देख्न सकिन्छ । यदि आफनै देशमा कृषि गर्ने हो भने मासिक लाखौ आम्दानी आफनै

माछापालनवाट मासिक लाखौ आम्दानी

पुष्कर भट्ट
१६ फागुन, कञ्चनपुर ।
नेपाल कृषि प्रधान देश भए पनि लाखौ  नेपाली युवाहरु रोजगारीका लागी बाह्य देश धाउने गरेका छन । तर आफनै देशमा त्यस्तो मेहनत पसिना बगाउने हो भने बिदेश जानु नै पर्दैन । तर कृषिमा नलागी बिदेशको मरुभुमीमा तड्पिएको कैयौ उदाहरण देख्न सकिन्छ । यदि आफनै देशमा कृषि गर्ने हो भने मासिक लाखौ आम्दानी आफनै देशमा लिन सकिन्छ भन्ने उदाहरण कञ्चनपुर जिल्ला भिमदत्तनगरपालिका १६ बसन्तपुरका लोक बहादुर काकीले देखाएका छन् ।

कञ्चपुर जिल्लाका लोक बहादुर कार्कीमाछा पालन बाट मासिक एक लाख भन्दा बढी आम्दानी लिदै आउनु भएको छ । सुरुमा १० कट्ठा जमिनमा पोखरी बनाएर पेशा सुरु गर्दै आउनुभएका कार्कीले यतिखेर ५ बिघा जमिनमा पोखरी निमार्ण गरेर ब्यबसायीक रुपमा माछा पालन गरी लाखौ आम्दानी लिदै आउनु भएको छ  । रु २ लाखको लगानीमा भारतको कोलकत्ता,कैलालीको गेटा र कञ्चनपुरको झलारी पिपलाडीमा रहेको ह्याचरीबाट करिब २ लाख भुरा ल्याएर यो बर्षमा करिब १० लाख आम्दानी गरेको माछापालक कृषक कार्की वताउनुहुन्छ ।

कृषक कार्कीले माछा पालन बाटै जग्गा देखी ट्याक्टर सम्म जोड्नुका साथै दुई जनालाई रोजगारी समेत दिनुभएको छ । पहिले खेतीपातीमा लाग्नुभएका कार्की  धान तथा गंहुबाली भन्दा माछा पालनमा राम्रो आम्दानी भएपछि आफु पनि माछा पालनमा लागेको स्वीकार्नुहुन्छ ।

कृषक कार्कीको पोखरीमा कमन,नैनी,रहु,ग्रास,सिल्भर,भ्याकुर,बैखा,पंगासिस माछाहरु पाईने गरेका छन । बजारमा सबै भन्दा बडी रहु माछाको माग ज्यादा हुने गरेको छ । कञ्चनपुरमा  भारतीय माछा आयात भएपनि स्वादिलो  र  स्वच्छ माछा  स्थानिय  बजारमा उपल्बध  भएपछि स्थानियले आफनै ठँउमा उत्पादित माछा राम्रो माने पछि हाल भिमदत्तनगरपालिका बजारमै खपत भईरहेको कार्की बताउनु हुन्छ ।

गत बर्ष पोखरी खन्न प्रति कट्टा १० हजार र १ लाख पचास हजार रुपैया पंगासिस माछाको भुरा ल्याउनको लागी जिल्ला कृषी बिकास कार्यालयबाट समेत कार्कीलाई ुहयोग गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);