ब्यबसायीक तरकारी खेतीवाट लाखौं आम्दानी गर्दै वेतकोटका किसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ब्यबसायीक तरकारी खेतीवाट लाखौं आम्दानी गर्दै वेतकोटका किसान

३ फागुन, कञ्चनपुर । आफनै मुलुकमा पसिना वगाउने हो भने पैसाकै लागि विदेशीनु पर्दैन् भन्ने गतिलो उदाहरण पछिल्लो समय देखिदै गएको छ । कञ्चनपुर वेतकोटका एक कृषक आफनै माटोमा सुन फलाउन सफल भएका छन् । हा,े यस्तै कृषिपेशा रोजी सफल भएका छन कञ्चनपुर जिल्ला बेतकोट नगरपालिका वार्ड न. ९ भुडा का दिपेन्द्र राना

ब्यबसायीक तरकारी खेतीवाट लाखौं आम्दानी गर्दै वेतकोटका किसान

३ फागुन, कञ्चनपुर । आफनै मुलुकमा पसिना वगाउने हो भने पैसाकै लागि विदेशीनु पर्दैन् भन्ने गतिलो उदाहरण पछिल्लो समय देखिदै गएको छ । कञ्चनपुर वेतकोटका एक कृषक आफनै माटोमा सुन फलाउन सफल भएका छन् । हा,े यस्तै कृषिपेशा रोजी सफल भएका छन कञ्चनपुर जिल्ला बेतकोट नगरपालिका वार्ड न. ९ भुडा का दिपेन्द्र राना । जसले तिन बर्ष देखी ब्यबसायीक तरकारी खेती गर्दै आयआर्जन गर्दै सो व्यवसायवाट मासिक चालिस हजार भन्दा वढी आम्दानी गर्दै आउनुभएको छ । रानाले १५ कट्टा जमिनमा ब्यबसायीक तरकारी खेती गरी लाखौ आम्दानी गर्न सफल हुनु भएको छ । राना को करेसाबारीमा सिजन अनुसार विभिन्न जातका तरकाी पाईने गरेको छ । १ बर्षमा करिब चार लाख भन्दा बढी आम्दानी गर्ने राना पहिले खेतीपाती गरेका धान तथा गहुवाली भन्दा तरकारी खेती मा राम्रो आम्दानी देखिए पछि आफु ब्यबसायीक तरकारी खेतीमा लागेको राना बताउनु हुन्छ । कञ्चनपुरमा भारतीय तरकारी आयात भएपनि आफनो बारीका ताजा तथा बिसाधी नहालेका तरकारी भएकाले आफुले तरकारी बेच्न बजार धाउन नपर्ने र ग्राहक आफै घरमै आउने गरेको रानाले सुनाउनुभयो । बिदेशमा जानुभन्दा आफनै देशमा परिश्रम गरे पैसा कमाउन सकिन्छ भन्ने लागेर आफुले थालेको कामका ेअनुशरण अरुले पनि गरे आर्थिक रप्मा सम्पन्न हुन यो पेशा अपनाउन रानाको आग्रह छ । कञ्चनपुर जिल्लाका कृषकहरुलाई तरकारी ब्यवसायमा आत्मानिभर बनाउन जिल्ला कृषि बिकास कार्यालयले बिभिन्न तालिम दिनुका साथै अनुदान समेत दिनु जरुरी देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);