गाउँमा युवा भेट्नै मुस्किल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गाउँमा युवा भेट्नै मुस्किल

मदन विक
बाजुरा, ४ मंसिर । पछिल्लो समयमा बाजुरामा युवाहरु पाउन मुस्किल पर्न थालेको छ । गाउँका अधिकांश युवा रोजगारीको खोजिमा भारत र खाडी मुलुक गएपछि गाउँमा युवाहरु भेट्न मुस्किल परेको हो ।

बाजुराका अधिकांश युवा रोजगारीको खोजिमा विदेश पलायन भएपछि गाउँमा अहिले वुढावुढी मात्र भेटिन्छन् । घरमा पेटभरी मिठो मसिनो खान नपाएपछि खापर गाउँपालिकाका अधिकांश युवा भारत र खाडी मुलुक गएका हुन् ।

सिंहदरबारको अधिकार गाउँमा आएपनि परिवारलाई पाल्नको लागि छिमेकी मुलक भारतिर जानुको विकल्प नरहेको युवाको भनाई छ ।

बाजुरामा दशैं तिहारका वेला भने फाट्टा फुट्ट युवा भेटिने गरेका छन् । तर, चाडपर्व सकिएपछि एक पछि अर्काे गर्दै गाउँ नै रित्तिने गरेको स्थानीयको भनाई छ । उनीहरुले जनप्रतिनिधीले सडक निर्माण लगायत अन्य श्रममा लगाएर रोजगारीको अवसर दिन सक्थे । तर, गाउँपालिकाले पनि डोजर प्रयोग गरेका कारण त्यो अवसर पनि गुमेको छ ।

यता, बाजुराका प्रतिनिधी सभा सदस्य, लालबहादुर थापाले युवा स्वरोजगारका लागि ३० लाख रकम छुट्याएको बताए । तर, त्यो प्रभावकारी नहुँदा युवा बैदेशिक रोजगारीको भर पर्नुपरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);