वाइडबडी जापान उड्दा विमानस्थल मर्मत रोकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

वाइडबडी जापान उड्दा विमानस्थल मर्मत रोकिने

wide body NAC

काठमाडौं, २३ असार । नेपाल वायुसेवा निगमले काठमाडौँ–ओसाका–काठमाडौँ उडान तालिका सार्वजनिक गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्धार कार्य चार महिनाका लागि केहिबेर स्थगन गरिने भएको छ ।

निगमले भदौ १२ देखि वाइडबडीमार्फत प्रत्येक मंगल, बिही र शनिबार राति साढे २ बजे जापान उडान गर्दै छ । विमानस्थलमा दोस्रो चरणको मर्मत कार्य मनसुन सकिएपछि भदौ १६ देखि पुस १५ सम्म चार महिना सञ्चालन हुनेछ ।

जापान उडानको तालिका र विमानस्थल मर्मतसम्भारको समय जुधेपछि निगमले नागरिक उड्डयन प्राधिकरणलाई उडानका क्रममा काम रोक्न आग्रह गरेको थियो । भदौ १६ देखि दोस्रो चरणको मर्मत कार्य सुरु हुनेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);