नेवानिले जापानको नारितामा पायो ग्राउन्ड ह्यान्डलिङ सेवा | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

काठमाडौं, १७ मंसिर । नेपाल वायुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्युल र स्लट) को सहमति गरेको छ । यो सहमतिसँगै निगम सन् २०२० को जनवरी (पुसको दोस्रो साता) देखि जापानको नारितामा उडान शुरू गर्ने तयारीमा छ । निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा दुईओटा उडान गरिरहेको छ ।

ग्राउन्ड ह्यान्डलिङ सेवा नपाउँदा निगमको नारितामा विमान सेवा सञ्चालन गर्ने योजना अनिश्चित बनेको थियो । निगमले अहिले जापान सिभिल एभिएशन ब्युरोअन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेको छ ।

अति व्यस्तताको कारण निगमलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिन असमर्थता जनाएको उक्त संस्था नेपालस्थित जापानी दूतावासको समन्वय तथा जापानस्थित नेपाली दूतावासको सक्रियतामा यो सेवा दिन सहमत भएको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताए । उनका अनुसार निगम र जापानको जापान सिभिल एभिएशन ब्युरो (जेक्याब) बीच हालै यी विषयमा सम्झौता भएकाले निगमले तोकेकै समयमा नारिता उडान गर्ने छ ।

निगमले शुरूमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कान्साइ अन्तरराष्ट्रिय विमानस्थलमा मंगलवार, बिहीवार र शनिवार गरी साताको तीनओटा उडान गर्ने तालिका बनाएको थियो । तर, यात्रु अभाव भएपछि हाल साताको २ दिन मंगलवार र शनिवार मात्र ओशाकामा उडान गर्दै आएको छ । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);