सिमेन्ट र छड उद्योगले घटाए उत्पादन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिमेन्ट र छड उद्योगले घटाए उत्पादन

ciment

काठमाडौं, १७ मंसिर । सरकारी स्वामित्वको हेटौंडा सिमेन्टबाट उत्पादन भएको १ लाख ५० हजार बोरा सिमेन्ट अहिले गोदाममै थन्किएको छ । दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने हेटौंडा उद्योगले अहिले उत्पादन घटाएर प्रतिदिन ४ हजार बोरामा सीमित बनाएको छ । यही स्थिति निजीक्षेत्रका अधिकांश सिमेन्ट उद्योगहरूको पनि छ । निजीक्षेत्रका ठूला सिमेन्ट उद्योगहरू शिवम्, अर्घाखाँची, कसमस, अग्नि, जगदम्बा लगायतले पनि आफ्नो उत्पादनलाई कटौती गरेका छन् ।

सरकारले पूँजीगत खर्च बढाउन नसकेपछि अहिले पूर्वाधार निर्माणका मुख्य सामग्री सिमेन्ट र छडको खपत ह्वात्तै घटेको छ भने निर्माण सामग्रीमा ‘प्राइसवार’ चलिरहेको स्थिति छ । अहिले सिमेन्टको मूल्य घटेर ५० केजी बोराको औसतमा पीपीसीको रू. ५५० र ओपीसीको रू. ६५० मा झरेको छ । विगतको तुलनामा यो मूल्य ५ देखि ६ प्रतिशत कम हो ।

त्यो सँगै, पूँजीगत बजेटको ६५ प्रतिशत खर्च गर्ने निर्माण व्यवसायीहरू यतिबेला आन्दोलनमा छन् । सार्वजनिक खरीद नियमावलीको संशोधनले आयोजनाको म्याद थप गरेअनुसार कार्यान्वयन नभएको र ‘बैंक क्रेडिट लाइन’ लगायत विषयमा संशोधन उनीहरूको माग रहेका छन् ।

आरएमसी ग्रूपका प्रबन्ध निर्देशक राजेश अग्रवालका अनुसार अर्थतन्त्रमै समस्या आएको र आर्थिक गतिविधि सुस्त रहेको अहिलेको अवस्थामा सिमेन्ट उद्योगहरूले औसत ४० प्रतिशतसम्म उत्पादन घटाएका छन् । अहिले नै बैंकको ऋण तिर्न नसक्ने अवस्था आइनसकेको तर यस्तै अवस्था रहे अबको १/२ वर्षमा ठूलो समस्या आउने उनले बताए ।  यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);