नेपाल एयरलाइन्सको नाफा ३५ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल एयरलाइन्सको नाफा ३५ करोड

bayu sewa nigam

काठमाडौं, २६ साउन । राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाइन्सले गत आर्थिक वर्ष २०७४/०७५ मा ३५ करोड रुपैयाँ नाफा गरेको छ। नेवानिले गत आवमा गरेको नाफा आर्थिक वर्ष २०७३/०७४ कोभन्दा झन्डै ११ करोड रुपैयाँले बढी हो।

नेवानिले अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा कुल २४ करोड २६ लाख ५८ हजार पाँच सय २१ रुपैयाँ नाफा गरेको थियो। साथै नेवानिले आर्थिक वर्ष २०७२/०७३ मा भने १६ करोड ८३ लाख २२ हजार सात सय ६० रुपैयाँ नाफा गरेको थियो।

गत आव २०७४/०७५ मा कुल १२ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको नेवानिका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए। यसैगरी नेवानिले गत आवमा नै कुल १२ अर्ब १५ करोड रुपैयाँ खर्च गरेको छ। नेवानिको कुल आम्दानीमा ग्राउन्ड ह्यान्डलिङको आय मात्रै तीन अर्ब ९२ करोड रुपैयाँभन्दा बढी छ। नेवानिको प्रमुख आम्दानीको स्रोत पनि ग्राउन्ड ह्यान्डलिङ नै हो।

नेवानिले वार्षिक आम्दानी निरन्तर बढाए पनि ठूलो फाइदा भने लिन सकेको छैन। आम्दानीसँगै खर्चको अनुपात पनि बढिरहेको छ। नेवानिले अहिले गरेको नाफा विभिन्न संघसंस्था, सरकार र दातृ निकायबाट लिएको ऋणको ब्याज तिर्न पनि पुग्ने अवस्था पनि छैन। नेपाल वायु सेवा निगमको ऋण मात्रै ३६ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी छ।

नेवानिले अहिले आम्दानी गरेको रकम ऋणको ब्याज तिर्नमा खर्च भइरहेको छ। त्यसमा पनि जहाज चलाएर नेवानिले फाइदा गर्न नसकेको छैन।

नेवानिको खर्च व्यवस्थापनको प्रमुख स्रोत ग्राउन्ड ह्यान्डलिङ मात्रै हो। यस्तो अवस्थामा नेवानिको पुँजी विस्तार नहुने हो भने नयाँ जहाज खरिददेखि ऋण चुक्ता गर्नसमेत मुस्किल हुने अवस्था छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);