विपन्नले पाएनन् गरिबको परिचयपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

विपन्नले पाएनन् गरिबको परिचयपत्र

garib parichayapatra

सिमकोट, २६ साउन । । जिल्लाका सातवटै गाउँपालिकामा लक्षित वर्गका कतिपय घरपरिवारले गरिबको परिचयपत्र पाएका छैनन् तर नपाउनुपर्ने टाठाबाठाले भने परिचयपत्र हात पार्न सफल भएका छन् । त्यसक्रममा जमिनमा हदबन्दी लागेका, सिमकोट, सुर्खेत, नेपालगञ्ज र काठमाडौँ समेत घर घरडेरी भएका व्यक्तिले क वर्गको परिचयपत्र पाएका छन् ।

अहिले पनि छ जनाको परिवारलाई धनीको घरमा हलो जोतेर परिवार पाल्दै आएका सिमकोट गाउँपालिका वडा नम्बर ३ का गोरख सुनारले केही दिन अगाडि वितरण भएको परिचयपत्र पाएनन् । ‘यो परिचयपत्र पनि धनी र पहुँचवालाकै लागि आएको रहेछ,’ उनले भने वर्षैदेखि उनी अर्काको घरमा बसेर हलो जोतेका छन् । त्यसैबाट परिवार पाल्नु भएको छ ।

‘म जस्तो अर्कोको घरमा काम गरेर परिवारका सदस्यहरूलाई पाल्नेले पाउनु पर्ने हो तर खै त ?’ उनको भनाइ छ । दैनिक छाकै टार्न समस्या हुनेले नपाउने गरिबको परिचयपत्र कसका लागि आएको हो भन्ने प्रश्न पनि स्थानीयवासीको छ ।

सरकारी जागिर भएका, ब्यापारी र सिमकोटमा घरघडेरी भएकाले परिचय पाउँदा आफू छुटेको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ की सौरीकला नेपालीले बताईन । १० बर्ष अघि श्रीमान् बितेका नेपालीले आँखाभरि आँसु झार्दै भनिन ,‘ बस्नका लागि गतिलो ओत पनि नभएको मजस्ताले परिचयपत्रबाट छुटाउनु कतिको न्याय होला ? ’

गाउँपालिकाभरि २० प्रतिशत मात्र असली गरिबले परिचयपत्र पाएको सर्केगार्ड गाउँपालिकाका वडा ५ का अध्यक्ष कर्णजङ शाहीले बताए । गरिब तथा न्यून आय भएकाहरूका लागि आएको परिचय पत्र सिमकोटका ठूला ब्यापारी, काठमाडौंमा घर भएका, सरकारी स्थायी जागिर खाएका, पूर्व सांसद र जनप्रतिनिधिहरूले समेत विपन्नको परिचयपत्र पाएका छन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);