विद्युत प्राधिकरणको नाफा १० अर्ब ६६ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विद्युत प्राधिकरणको नाफा १० अर्ब ६६ करोड

bidhyut

काठमाडौं, २१ चैत । नेपाल विद्युत प्राधिकरणले १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो संगै प्राधिकरण सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने निकाय बनेको छ ।

नेपाल फाइनान्सियल रिपोर्टिङ मापदण्डअनुसार तयार भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणको नाफा १० अर्ब ६६ करोड ७९ रुपैयाँ देखिएको हो । प्राधिकरणले गत भदौमा आफ्नो नाफा ७ अर्ब २० करोड हुने प्रक्षेपण गरेको थियो ।

महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले आर्थिक बर्ष २०७५-७६ मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ । सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेको छ ।

प्राधिकरणको जगेडा तथा सञ्चित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ । आर्थिक बर्ष २०७४-७५ मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा तथा सञ्चित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो । प्राधिकरण आर्थिक बर्ष २०७२-७३ मा ८ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा सञ्चित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानीमा थियो ।

प्राधिकरणले आर्थिक बर्ष २०७३-७४ र २०७४-७५ मा क्रमशः १ अर्ब ४६ करोड ७३ लाख र २ अर्ब ८४ करोड ८१ लाख खुद नाफा आर्जन गरेको थियो । विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता,जलविद्युत् आयोजनाहरूको उत्पादनमा वृद्धि जस्ता कारण तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आर्थिक बर्ष २०७५-७६ मा ३८ अर्ब ८९ करोड ६३ लाख रुपैयाँको विद्युत् खरिद गरेको छ भने विद्युत् बिक्रीबाट ६६ अर्ब ६१ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);