मंगलबार सेयर कारोबार मापक नेप्सेमा उछाल | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

मंगलबार सेयर कारोबार मापक नेप्सेमा उछाल

nepal stock exchange

काठमाडाैं । सेयर कारोबार मापक नेप्सेमा मंगलबार उछाल आएको छ । पाँच दिनयता निरन्तर घटेको नेप्से मंगलबार करिब ८० अंकले बढेको हो । यो वृद्धिसँगै मंगलबार समग्र नेप्से २ हजार ९ सय १३ दशमलव ८४ विन्दुमा उक्लेको छ ।

सोमबारको तुलनामा यो २ दशमलव ८० प्रतिशतले बढी हो । कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेपछि मगलबार समग्र नेप्से उच्च अंकले बढेको हो । यसअघि पाँच दिन लगातार नेप्से घट्दा बजार १ सय ९१ अंकले तल ओर्लेको थियो ।

मंगलबार एकै दिन नेप्से ७९ दशमलव ४४ अंकले उकालो लागेको हो । मंगलबार करिब १ लाख १२ हजार पटकको कारोबारबाट २ सय २५ कम्पनीका १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्से बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);