कोरोना प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउनु पर्नेमा उद्योग वाणिज्य महासंघको जोड | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

कोरोना प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउनु पर्नेमा उद्योग वाणिज्य महासंघको जोड

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको बजेट आउनुपर्ने माग गरेको छ ।

संक्रमणको पहिलो लहरबाट नराम्रोसंग थला परेको अर्थतन्त्र पुरानै लयमा फर्कन नपाउँदै दोश्रो लहरको चपेटामा परेको भन्दै महासंघले बजारलाई चलायमान बनाउने गरि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेको हो ।

त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आगामी बजेटले कोरोना महामारीबाट नागरिकलाई बचाउनका लागि खोप र स्वास्स्थ्य पुर्वाधारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले साना तथा मझौला व्यवसाय र कच्चा पदार्थमा आधारित उद्योगलाई पनि प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);