सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल

काठमाडौं ।

नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद मिनासिंह रखालले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न सरकारलाई सुझाव दिनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त सुझाव दिनुभएको हो ।

सरकारले तालिम र गोष्ठीको नाममा विनियोजन गरेको बजेट किसानहरुको राहत दिने लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सांसद रखालको भनाई थियो । उहाँले साधारण खर्च कटौति गर्न र किसानहरुको हित प्रवद्र्धन हुने क्षेत्रमा  बजेट केन्द्रित गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।सांसद रखालले सरकारले  रोजगारीको अवसर सृजना हुने क्षेत्रमा कुनैपनि खालको कार्यक्रम ल्याउन नसकेको जिकिर पनि गर्नुभयो ।

Leave a Reply

ताजा समाचार