१२ औं नाडा अटो शो भृकुटीमण्डपमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१२ औं नाडा अटो शो भृकुटीमण्डपमा सुरु

काठमाडौं, १३ भदौ । १२ औं नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपाल एंव ग्लोबल एक्सपोजिसन एण्ड म्याजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा अटो शो सुरु भएको हो ।

 

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायारले अटो शोको उद्घाटन गरेका छन् । अटो शोको उद्घाटन गर्दै मन्त्री बलायारले पूर्वाधार विकासका लागी निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।

 

कार्यक्रममा नाडा अटो मोबाइल्स एशोसियसनका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सडक निर्माण गर्दा गुणस्तरियता कायम गर्नुपर्नेमा जोड दिए ।

 

मेलामा साना ठूला गरि १३० वटा स्टल रहेका छन् । जसमा ९० वटा संस्थाहरुको सहभागीता रहेको छ । मेलमा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेवी कर्मशियल सवारी साधनहरु प्रदर्शनीमा राखिएको छ । ६ दिनसम्म चल्ने मेलामा पचास हजार अगन्तुकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);