जगदम्बा स्टिल उद्योगको विषयमा संसदीय समितिले अध्ययन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जगदम्बा स्टिल उद्योगको विषयमा संसदीय समितिले अध्ययन गर्ने

काठमाडौं, ५ माघ । जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको तथा कामदारको सुरक्षा व्यवस्था कमजोर रहेकोप्रति संसदीय समितिले अध्ययन गरी छलफल गर्ने भएको छ । आइतबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको र श्रमिकहरुको सुरक्षा कमजोर रहेकोले अध्ययन गर्नुपर्ने जनाएको हो ।

समितिका सदस्यहरुले यसअघि चितवन, पर्सा र बारा जिल्लामा रहेका उद्योगहरुको अनुगमन गर्ने क्रममा जगदम्बा स्टिल उद्योगको समेत अनुगमन गरेको थियो ।

समितिले थप अध्ययन गरि प्रतिवेदन पेश गर्न समिति सदस्य प्रकाश रसाईलीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उपसमितिले उक्त उद्योगमा नेपाली कामदार ५८ प्रतिशत मात्र रहेको र सामाजिक सुरक्षामा सहभागी नगराइएको तथा काम गर्दा समेत सुरक्षाका कुनै मापदण्ड पुरा नगरेको भन्दै समितिमा आइतवार प्रतिबेदन पेश गरेको थियो ।

उपसमितिले बुझाएको प्रतिवेदनमा जगदम्बा स्टिल उद्योगमा नेपाली कर्मचारी तथा कामदारहलाई प्राथमिकता नदिएको, औद्योगिक क्षेत्रको सञ्चालनमा प्रयाप्त स्थानको कमी देखिएको र कामदारहरुको जोखिम न्यूनिकरणका लागि कुनै व्यवस्था नगरिएको उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);