अग्नि सापकोटालाई सभामुख बनाउन ओली र प्रचण्डबीच सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

अग्नि सापकोटालाई सभामुख बनाउन ओली र प्रचण्डबीच सहमति

agni sapkota

काठमाडौं, ५ माघ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन सहमति जुटेको छ । आइतबार बिहान बालुवाटारमा भएको अध्यक्षद्वयबीचको छलफलमा सापकोटालाई सभामुख बनाउने सहमति भए पनि अन्तिम निर्णय भने सचिवालय बैठकबाट हुने भएको छ ।

अध्यक्षद्धयबीच भएको सहमतिलाई आजै बस्ने सचिवालय बैठकबाट अन्तिम निर्णय गरिने जनाइएको छ । सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए । महराको राजीनामा पछि सभामुखको प्रस्ताव अध्यक्ष ओलीले गर्ने कि दाहालले भन्नेमा नेकपामा विवाद चुलिएको थियो ।

जसले पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ। यसअघि अध्यक्ष ओलीले सभामुखमा सुवासचन्द्र नेम्वाङलाई अगाडि सार्नुभएको थियो भने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गरेकी गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक सोमबारका लागि बोलाइएको छ। उक्त बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);