कानुनी कठघरमा रहेका व्यक्तिलाई सभामुखमा अघि सार्नु कति जायज ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कानुनी कठघरमा रहेका व्यक्तिलाई सभामुखमा अघि सार्नु कति जायज ?

agani sapkota

अग्नी सापकोटामाथि कानुनी प्रश्न

काठमाडौं, ६ माघ । अन्तत् डा.शिवमाया तुुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिनुभएको छ । उहाँको राजिनामा सँगै सभामुुख पदको निर्वाचन आगामी माघ १२ गते गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

सभामुख पदका लागी नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवार तोकिएसँगै सभामुख निर्वाचन प्रक्रिया अघि बढे पनि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा विचाराधिन अवस्थामा रहेको द्वन्द्वकालीन मुद्दा फेरी चर्चामा ल्याइएको छ ।

सभामुख र उपसभाुमुख संबिधानमा फरक दल र फरक लिङ्गको हुनुुपर्ने व्यवस्था छ । संबिधानमा रहेको यहि व्यवस्था अनुुसार उपसभामुखलाई राजीनामा दिन लगाएर नेकपाले सभामुख आफैले राख्ने निर्णय गरेको छ ।

सभामुख आफैंले राख्ने निर्णय गरेको नेकपाले उपसभामुख डा.शिवमाया तुुम्बाहाम्फेलाई भने राजीनामा दिन बाध्य पारेको छ । नेकपा सचिवालयले दिएको निर्देशन नमान्ने बताउँदै आउनु भएकी तुम्बाहाम्फेले नेकपा भित्र पितृसतात्मक सोच हावी हुँदा आफू राजीनामा दिन बाध्य भएको बताउनु भयो ।

उपसभामुुखलाई राजीनामा दिन लगाएको नेकपाले सभामुुख पदका लागी स्थायी समिति सदस्य अग्नि प्रसाद सापकोटालाई उम्मेद्धार बनाउने निर्णय गरेको छ । नेकपा भित्रको लामो समयको रस्साकस्सी पछी नेकपाले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो ।

सत्तारुढ दलले सभामुुखमा नामको टुङ्गो लगाउन नसक्दा एक महिनादेखि प्रतिनिधि सभा बैठक अबरुद्ध हुँदै आएको थियो । नेकपाले सभामुखमा अघि सारेको अग्नी सापकोटा सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

दुुई पटक मन्त्री भैसक्नु भएका सापकोटाले सभामुखको जिम्मेवारी पनि कुुशलतापुर्वक निभाउन सक्नेमा सत्तारुढ दलका सांसदहरु विश्वस्त देखीन्छन् ।

सापकोटालाई सभामुखमा अघि सारेकोमा सत्तापक्षका सांसदहरु खुशी देखिए पनि प्रमुुख प्रतिपक्षी दलका साांसदले भने असन्तुष्टि व्यक्त गरेका छन् । कानुनी कठघरमा रहेका व्यक्तिलाई सभामुखमा अघि सार्नु नेकपाको गल्ती आएको कांग्रेसका एक सांसद बताउँछन् ।

संबिधानमा प्रतिनिधीसभाको सदस्य जो सुकैपनि सभामुुखपदका लागी योग्य उम्मेदवार बन्न सक्ने प्राबधान रहेको छ । यसो हुँदा सापकोटा नेकपाले भने जस्तै उपयुक्त उम्मेदवार हुनुहुन्छ ।

फौजदारी मुद्दा लागेका व्यक्ति उम्मेदवार हुन पाउने कि नपाउने बहसको विषय बनिरहेको छ । सापकोटामाथि लागेको फौजदारी मुुद्धा अहिले संबैधानीक इजालासमा बिचाराधिन रहेको छ ।

द्धन्द्धको समयमा काभ्रेका अर्जुन लामा हत्याकाण्डमा सापकोटा मुुछिनुु भएको छ । यस्तो अवस्थामा सभामुुख बनाउँदा यसले भविश्यमा फेरी दुर्घटना निम्त्याउन सक्ने वरिष्ठ अधिवक्ता हरि उप्रेतीको ठम्याँइ छ ।

सत्तारुढ दलले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा प्रतिनिधि सभा बैठक एक महिनादेखि अवरुद्ध हुँदै आएको थियो । संसदमा दुई तिहाईको नजिक भएर पनि उम्मेदवार छान्न नसकेकोमा नेकपा निकै आलोचित हुँदै आएको थियो ।

अहिले उम्मेदवार छानेर अवरुद्ध प्रतिनिधि सभा बैठकलाई सुचारु त गराएको छ, फेरी छनौट गरिएको उम्मेदवारको छवी माथी प्रश्न उठार्इंदैछ । के नेकपामा विवादरहित र स्वच्छ छवीका नेताको खडेरी नै परेको हो त ? राजनीतिक वृत्तमा फेरी नेकपामाथि प्रश्न उठाइंदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);