अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाटै भराउनुपर्छ : संचारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाटै भराउनुपर्छ : संचारमन्त्री

sancharmantri-gokul

काठमाडौं, ५ माघ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले प्रकाशित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनुपर्ने बताउनुभएको छ । आइतबार बसेको संसदको विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा बास्कोटाले यस्तो बताउनुभएको हो ।

मन्त्री बास्कोटाले विधेयकमा गलत मनासाय राखेर समाचार सम्प्रेसण गरेको ठहर भएमा पत्रकारलाई १० लाख रुपैयाँ जरिवाना गराउने प्रावधानको सट्टा जरिवाना कति गराउने भन्ने अंक उल्लेख नगर्ने तर अदालतले तोकेको जरिवाना सञ्चारगृहबाट भराउनुपर्ने प्रस्ताव गर्नुभएको हो ।

२५-५० हजार मासिक तलब पाउने पत्रकारले लाखौं क्षतिपूर्ति दिन नसक्ने भन्दै बास्कोटाले समाचार संस्था वा सञ्चारगृहले नै तिर्नुपर्ने प्रावधान राख्नुपर्ने बताउनुभएको हो ।

मन्त्री बास्कोटाले मुद्धाहरुको छानबिन र जरिवाना तोक्ने अधिकार अदालतलाई दिनुपर्ने समेत उल्लेख गर्नुभयो । उहाँले संचारमाध्यमहरु आफैमा शक्तिशाली भएकाले त्यसको दुरुपयोग नहोस भन्ने तर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।

विज्ञापन नपाएको झोँकमा व्यवसाय नै ध्वस्त पार्नेगरी समाचार सम्प्रेशण हुने गरेको बताउँदै बास्कोटाले न्याय निरुपणको विषय अदालतबाट टुंगिनुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार