बिरामीको अर्को खुट्टा शल्यक्रिया गर्ने चिकित्सकलाई अदालतले सुनायो जरिवाना | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बिरामीको अर्को खुट्टा शल्यक्रिया गर्ने चिकित्सकलाई अदालतले सुनायो जरिवाना

wakil adalat

एजेन्सी । अस्ट्रेलियामा बिरामीको अर्को खुट्टाको शल्यक्रिया गर्ने एक चिकित्सकलाई दन्ड जरिवाना तोकिएको छ । दायाँ खुट्टाको सट्टा भूलबश विरामीको वायाँ खुट्टाको शल्यक्रिया गर्ने चिकित्सकलार्ई अदालतले २७ सय यूरो जरिवाना सुनाएको हो ।

लिन्जस्थित एक अदालतले चिकित्सकले लापरबाहीपूर्वक एक ४३ वर्षीय बिरामीको सद्दे खुट्टाको शल्यक्रिया गरेर उनलाई थप पीडा दिएको फैसलामा जनाएको छ ।

नियमित रुपमा ब्यान्डेज फेर्न आउने बेलामा नर्सले चिकित्सकले भूलवश विरामीको अर्को खुट्टा शल्यक्रिया गरेको थाहा पाएकी थिइन् । त्यस लगत्तै विरामीलाई अर्को खुट्टाको शल्यक्रिया गर्नुपर्ने जानाकारी दिइएको थियो । ‘दुर्भाग्यपूर्ण परिस्थिति’ का कारण बिरामीको अर्कौ खुट्टाको शल्यक्रिया हुन पुगेको अस्पतालले जनाएको थियो । सो गम्भीर गल्तीका लागि चिकित्सकका तर्फबाट अस्पतालका निर्देशकले सार्वजनिक रुपमा क्षमा याचना गरेका थिए ।

शल्यक्रिया गर्ने कक्षमा आदेश दिने प्रक्रियामा एउटा त्रुटी देखिएको ती दोषी चिकित्सकले बताएकी थिइन् । वायाँको सट्टा किन दायाँ खुट्टा शल्यक्रिया गरिएको थियो भन्ने सन्र्दभमा उनले भनेकी थिइन्, ‘मलाई त्यसबारे केही थाहा भएन् ।’ सो घटनापछि उनलाई अर्को क्लिनिकमा सरुवा गरिएको थियो । अदालतले फैसला सुनाउनुअघि पीडित परिवारलाई अस्पातालले ५ हजार डलर क्षतिपूर्ति दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);