अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या बोस्टन र वासिंगटनको जनसंख्याभन्दा बढी | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या बोस्टन र वासिंगटनको जनसंख्याभन्दा बढी

एजेन्सी । अमेरिकामा कोभिडबाट आठ लाखभन्दा बढीको मृत्यु भएको छ । यो संख्या अमेरिकी सहर बोस्टन र वासिंटनको जनसंख्या भन्दाबढी हो । अहिलेसम्म पाँच करोड अमेरिकीलाई कोभिड संक्रमित भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश व्यक्ति खोप नलगाएका र बृद्धबृद्धा छन् । कोभिडबाट गत वर्षभन्दा यो बर्ष धेरै अमेरिकीको मृत्यु भएको छ । 

खोपको पहुँचको बाबजुद पनि अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । पछिल्लो ११ सातामा १ लाख जनाको मृत्यु भएको छ । यो दर यसअघिको तुलनामा निकै धेरै हो । 

आजभन्दा ६५० दिनअघि सियाटलमा कोभिडबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो । गत वर्ष फाइजर खोपलाई स्वीकृति दिएपछि पनि अमेरिकामा कोभिडकै कारण ३ लाख जनाको मृत्यु भइसकेको छ । अप्रिलमा अमेरिकाले मोडेर्ना र जोनसन एन्ड जोनसनलाई पनि स्वीकृत गरेको थियो । यी तीनै खोप अहिले सबै उमेर समूहका व्यक्लिाई सर्वसुलभ छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);