सन् २०२२ मा काेभिड महामारी विश्वबाटै समाप्त हुन्छः डब्लूएचओ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सन् २०२२ मा काेभिड महामारी विश्वबाटै समाप्त हुन्छः डब्लूएचओ

एजेन्सी । सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रुपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की एक अधिकारीले दाबी गरेकी छिन् । डब्लूएचओकी कोभिड विज्ञ मारिया भ्यानले अर्को वर्ष महामारी अन्त्य हुने दाबी गरेकी हुन् । ‘सन् २०२२ मा विश्वव्यापी रुपमा नै कोभिड समाप्त हुनेछ । हामीसँग विभिन्न स्रोत साधन छन् । केही महिनापछि कोभिडबाट मृत्यु हुनेको संख्या हवात्तै घट्ने छ,’ भ्यानले भनिन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन ७० भन्दाबढी देशमा फैलिरहेका बेला उनको भनाई आएको हो ।

विश्वव्यापी महामारीबाट सम्पूर्ण विश्व नै प्रभावित छ । भारतमा देखिएको डेल्टा भेरियन्टकाे जाेखिमबाट केही देशले शान्तिकाे सास फेरिरहेका बेला कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढ्दो छ ।

डब्लूएचओले आगामी वर्षसम्म विश्वका सबै देशमा पूर्ण खोप लगाउने लक्ष्य लिएको छ, जसअनुसार सन् २०२२ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको ७० प्रतिशत जनसंख्यामा रोग प्रतिरोध क्षमता बृद्धि गरिनेछ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);