किष्ट अस्पतालमा तालाबन्दी गर्ने विद्यार्थी संगठनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

किष्ट अस्पतालमा तालाबन्दी गर्ने विद्यार्थी संगठनको चेतावनी

ललितपुर, २५ माघ । प्रमुख तीन विद्यार्थी संगठनहरुले ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा तालाबन्दी गर्ने चेतावनी दिएका छन ।

विहिबार विहानै कलेजको अनुगमन गरेका विद्यार्थी संगठनका नेताहरुले सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएको भन्दै एक साता भित्र बढी लिइएको शुल्क फिर्ता नगरे तालाबन्दी गर्ने चेतावनी दिएका हुन ।  नेपाल विद्यार्थी संघका कार्यबहाक अध्यक्ष पुष्प शाहीले मेडिकल काउन्सिलले तोकेको मापदण्ड विपरित शुल्क असुल गर्ने कुनै पनि कलेजलाई खारेज गर्न दबाब दिने बताए ।

मेडिकल कलेजहरुले जथाभावी शुल्क असुल गरेको उजुरी परेपछि प्रमुख विद्यार्थी संगठनहरुले विहिबारबाट अनुगमन सुरु गरेका हुन । सरकारले एमविविएस अध्ययनका लागि ३८ लाख ५० हजार र विडिएस अध्ययनका लागि १९ लाख २५ हजार रुपैँया शुल्क तोकिदिएको छ । तर, मेडिकल कलेजहरुले भने ६२ लाखसम्म शुक्ल असुल गरेको पाइएको भन्दै विद्यार्थी संगठनहरु त्यसको विरोधमा उत्रिएका हुन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);