नेशनल मेडिकल कलेजका संचालक अन्सारीलाई कार्वाही गर्न माग | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

नेशनल मेडिकल कलेजका संचालक अन्सारीलाई कार्वाही गर्न माग

national medical collage

काठमाडौं, ८ कात्तिक । राष्ट्रिय चिकित्सा शिक्षा संघर्ष समितिले वीरगंजस्थित नेशनल मेडिकल कलेजका संचालक बसरुद्धिन अन्सारीलाई कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बढि लिइएको शुल्क तत्काल फिर्ता लिन माग गर्दै शान्तिपूर्ण आन्दोलन गरिरहेका सो कलेजका विद्यार्थीहरुमाथि बिहीबार गुण्डालगाई कुटपीट गर्ने काम गरेको भन्दै सो कलेजका संचालक अन्सारीलाई पक्राउ गरी तत्काल कार्वाही गर्न सरकारसँग माग गरेको हो ।

उनीमाथि कार्वाही नभए सरकारविरुद्ध नै कडा आन्दोलनमा जान बाध्य हुने पनि संघर्ष समितिका संयोजक प्रकाश चन्दले चेतावनी दिनु भयो ।

मापदण्ड विपरित असुल गरिएका शुल्क फिर्ता गर्न माग गर्दै कलेज परिसरमा आन्दोलनमा गर्दै आएका विद्यार्थीहरुलाई सो कलेजका संचालक अन्सारीले भारतीय गुण्डा झिकाई निर्घात कुटपिट गरेको सो संघर्ष समितिको आरोप छ ।

समितिले चितवन मेडिकल कलेजको पनि मापदण्ड विपरित लिइएको शुल्क असुल गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ ।