मधेस प्रदेशमा ८१ हजार ७ सय ६८ परीक्षार्थी एसईईमा सहभागी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मधेस प्रदेशमा ८१ हजार ७ सय ६८ परीक्षार्थी एसईईमा सहभागी

काठमाडौं,१६ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन अंग्रेजी विषयको परिक्षा सम्पन्न भएको छ । पहिलो दिन मधेसको ८ वटै जिल्लामा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको हो ।

परीक्षा केन्द्रहरुमा परीक्षार्थी र गार्ड शिक्षकलाई समेत मोवाइल प्रतिवन्ध गरिएको थियो भने सुरक्षा व्यवस्था दुरुस्त बनाउनका लागि सुरक्षाकर्मीहरु केन्द्र बाहिर राखिएका थिए । यस वर्ष मधेस प्रदेशबाट ८१ हजार ७ सय ६८ परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका छन् ।

धनुषाबाट १२ हजार २ सय १४ परीक्षार्थी, सिराहाबाट १० हजार ९सय २३, महोत्तरीबाट ९ हजार ४ सय ३१, सर्लाहीबाट १० हजार ८ सय ९६, रौतहटबाट ९ हजार ४ सय ६९, बाराबाट ९ हजार ४ सय ४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट ९ हजार ३सय २३ परीक्षार्थी सहभागी भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);