प्रचण्ड फेरि निर्णायक शक्ति बन्दै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रचण्ड फेरि निर्णायक शक्ति बन्दै ( भिडियो रिपोर्ट )

नवराज पौडेल / माउण्टेन टेलिभिजन एचडी । 

काठमाडौँ,माघ २४।  नेपाली काँग्रेस र नेकपा एमालेको संघर्षको सबैभन्दा फाइदा लिने दल हो नेकपा माओवादी केन्द्र । उसले चुनाव अघि र पछि दुवै परिस्थितिमा काँग्रेस र एमालेबीचको द्वन्द्वको फाइदा लियो । माओवादी अध्यक्ष प्रचण्डले पटक पटक गठबन्धन तोड्दै माओवादीको रेस्क्युसँगै शक्तिसञ्चय गर्दै आउनुभएको छ । उहाँले पछिल्लोपटक काँग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग मिलेर प्रधानमन्त्रीमा बाजी मार्नुभयो  तर, सरकारको हनिमुन अवधि नसकिदै प्रचण्डले एमालेसँग टाढिदै नेपाली काँग्रेससँग निकटता बढाउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साइजमा राख्न उहाँ सभामुख उहाँले भनेबमोजिम गर्न तयार भएपनि राष्ट्रपतिमा कुनै हालतमा हुनुहुन्न भन्ने सन्देश दिइसक्नुभएको छ । यसका लागि प्रचण्डले राष्ट्रिय सहमति भन्दै नयाँ राजनीतिक अस्त्र तयार गरिसक्नुभएको छ। आफू र माओवादी पार्टीका शक्तिशाली नेताहरु बारम्बार राष्ट्रपतिमा राष्ट्रिय सहमति भनिरहनुभएको छ ।

राष्ट्रपति चुनावमा प्रचण्ड फेरि निर्णायक शक्ति बनेर ठूलै राजनीतिक लाभ लिने कसरतमा देखिनुहुन्छ । उहाँ नेपाली काँग्रेसलाई राष्ट्रपति दिएर सबै शक्तिलाई सन्तुलनमा राखेर पाँच वर्ष पूरा कार्यकाल प्रधानमन्त्री बन्ने दाउमा हुनुहुन्छ। संसदमा विश्वासको मत लिंदा उहाँको मुखबाट शासनमा पाँच वर्ष रहनसक्ने वाक्य फुत्किएकै थियो । काँग्रेसले पाँच वर्ष आफूलाई प्रधानमन्त्री मान्न तयार भएमा राष्ट्रपतिमा उसको उम्मेदवारलाई साथ दिन सकिने शर्तसहित प्रचण्डले छलफल बढाउन लगाइसक्नुभएको बुझिएको छ । शनिबार उहाँले बालुवाटारमा पाका कम्युनिस्ट नेता वामदेव गौतमलाई डाकेर परामर्श गर्नुभयो । विश्वस्त स्रोतका अनुसार काँग्रेसलाई राष्ट्रपति दिएर बढ्नेबारे छलफल केन्द्रित थियो। पात्रका बारे समेत छलफल भएको बुझिएको छ । नेपाली राजनीतिको केन्द्रबिन्दुमै रहिरहने प्रचण्डको महत्वाकांक्षा छँदैछ उहाँमा रणनीतिक चार्तुयता पनि उत्तिकै देखिन्छ । केपी शर्मा ओलीको दबाबका बाबजुद रवि लामिछानेलाई गृहमन्त्री बन्नबाट रोक्नुभयो । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी पनि प्रचण्डको पेलाईमा पर्दै गएको छ ।

यसलाई प्रचण्डको चुनाव अघिको गठबन्धन ब्युँताउने पूर्वाभ्यासका रुपमा लिइएको छ।

प्रचण्डसँगको गठबन्धन कायमै राख्न केपी शर्मा ओलीले राष्ट्रपति पद माया मार्नुपर्ने भएको छ । यो सम्भव नहुने ओली पक्षधर नेताहरुको अभिव्यक्तिले देखाउँछ । प्रचण्डले काँग्रेसलाई राष्ट्रपति दिएर सत्तामा लामो समय रहने रणनीति बनाउँदै गर्दा अहिलेको गठबन्धन लामो समय नटिक्ने संकेतहरु देखिइसकेको छ। अबको पाली गैरकम्युनिस्ट शक्तिबाट राष्ट्रपतिको सम्भावना बलियो बन्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);