पहिरोको कारण तीन सडक अवरुद्ध  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पहिरोको कारण तीन सडक अवरुद्ध 

काठमाडौं। पहिरोका कारण लम्जुङ, पाल्पा र दैलेखका तीन वटा सडक अवरुद्ध भएका छन् ।

लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित बेशिशहर–डुम्रे सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अबरुद्ध भएको छ । अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानदेखि सिद्धबाबा मन्दिरसम्म बिभिन्न स्थानमा मंगलबार बिहान ढुङ्गा सहितको लेदो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । दैलेखको बिन्द्रासैनी नगरपालिका–७ चिसाखोलास्थित कर्णाली राजमार्गमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अबरोध भएको छ । प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);