सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरी । धरान उपमहानगरपालिका ८ तिनकुने जंगलस्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा परी प्रदेश १ ०२ ०४० प ६४०५ नम्बरको मोटरसाइकलमा सवार ईटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया मिरा देवी साहको बुधबार बिहान मृत्यु भएको छ ।

धरानबाट ईटहरीतर्फ जाँदै गरेको को।१ त ९१४३ नम्बरको ट्याक्टरलाई को।१ ख ५४३० नम्बरको बसले ठक्कर दिएको र बिपरित दिशाबाट आउँदै गरेको उक्त मोटरसाइकल बसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उनकै छोरा २५ वर्षीय बिमल साहको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यल अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);